अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शान्ति सुरक्षा र निष्पक्ष चुनावको चुनौती नै गृहमन्त्री अर्याल हुन्: महेश बर्तौला

शान्ति सुरक्षा र निष्पक्ष चुनावको चुनौती नै गृहमन्त्री अर्याल हुन्: महेश बर्तौला


काठमाडौँ-नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले शान्ति सुरक्षा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको मुख्य चुनौती गृहमन्त्री ओम अर्याल रहेको बताउनुभएकाे छ।

जेनजी युवाहरूको शान्तिपूर्ण आन्दोलनमा भएको घुसपैठ र विध्वंस मच्चाउने नर्सरीको मुख्य माली गृहमन्त्री नै भएको आरोप लगाउँदै उहाँले यस्तो बताउनुभएकाे हाे।

नेता बर्तौलाले अहिले पनि गृहमन्त्री अर्याल ईर्ष्या, डाह, कुण्ठा र आक्रोशबाट बाहिर निस्किन नसकेको आरोप लगाउनु भयाे।

सामाजिक सञ्जालबाट नेता बर्तौलाले भन्नुभएकाे छ, ‘यिनी अहिलेसम्म पनि ईर्ष्या, डाह, कुण्ठा र आक्रोश भन्दा बाहिर निस्कनै सकिरहेका छैनन्। उनी लुटिएका हतियारहरू खोज्दैनन्, प्रहरीको दबेको मनोबल उठाउने प्रयत्नै गर्दैनन्, भागेका कैदिबन्दीहरू कहाँ छन् चासो नै राख्दैनन्, हरेकदिन जसो हत्या र हिंसाको घटना घटिरहेका छन्। यसमा फिटिक्कै चिन्ता छैन बरु शान्ति र स्थिरता भङ्ग गरेर मुलुकमा हिंसा, अराजकता र अस्थिरताको प्रवर्धनका लागी पुर्वप्रधानमन्त्री, पुर्वमन्त्री, शीर्ष नेताहरू र राजनीतिक दलहरू लाई भड्काउन , उत्तेजित बनाउन, इरिटेसन गर्न हर सम्भव बेलगाम झुटा अभिव्यक्ति र घातक क्रियाकलापहरू गरिरहेका छन्।’

यही तरिकाले अगाडि बढेमा निर्वाचन तोकिएको समयमा सम्पन्न नहुने र गृहमन्त्रीको कुर्सीमा थप बसिरहन पाइने बुझाइ मन्त्री अर्यालको रहेको उहाँको आरोप छ ।

जनादेशबाट जिम्मेवारीमा पुगेको नभई जेन जी युवाहरूको भावना र आकाङ्क्षामाथि धोका दिँदै झुक्क्याएर गृहमन्त्री भएको उहाँको तर्क छ ।