काठमाडौं-प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका नेताहरूसँगको छलफल जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा दलका नेतासँग प्रधानमन्त्री कार्कीले छलफल सुरु गर्नुभएकाे हाे ।
प्रधानमन्त्री निवास बालुवाटारको सगरमाथा कक्षमा जारी छलफलमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपालगायत दलका प्रतिनिधिसहभागी छन्।
छलफलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी छन्। एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी छन्।
माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुनेछन् भने रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी भएका छन्।







प्रतिक्रिया