अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री कार्कीसँग दलको छलफलमा को-को छन् सहभागी ?

प्रधानमन्त्री कार्कीसँग दलको छलफलमा को-को छन् सहभागी ?


काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। 

आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएकाे हाे। बैठकमा १० वटा दलका नेताहरु सहभागी भएका छन्।

छलफलमा नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले) बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला,राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, र जनमत पार्टीबाट चन्दन सिंह सहभागी भएका छन् ।

प्रधानमन्त्री कार्कीले छलफलमा दुई पर्यवेक्षक  र चार मन्त्रीलाई पनि सहभागी गराउनुभएकाे छ । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन् । त्यस्तै संवादमा पर्यवेक्षकद्वय प्रा.केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।