काठमाडौं-नेकपा एमालेले निर्धारित समयमा वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेको छ।
आज प्रधानमन्त्री सुशिला कार्कीले बोलाएको सर्वदलीय बैठकमा एमालेले आशंका व्यक्त गरेको हो ।
बैठकमा सहभागी एमाले नेताहरूले वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेका छन्। सर्वदलीय बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी छन्।
बैठकमा नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले) बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला,राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, र जनमत पार्टीबाट चन्दन सिंह सहभागी हुनुहुन्थ्याे।
प्रधानमन्त्री कार्कीले छलफलमा दुई पर्यवेक्षक र चार मन्त्रीलाई पनि सहभागी गराउनुभएकाे छ। प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल पनि सहभागी हुनुहुन्याे। त्यस्तै संवादमा पर्यवेक्षकद्वय प्रा.केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।







प्रतिक्रिया