अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्या भण्डारीको घर जलाएको आरोपमा सोनम थेवे पक्राउ

विद्या भण्डारीको घर जलाएको आरोपमा सोनम थेवे पक्राउ


काठमाडौं-जेनजी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको घर जलाएको आरोपमा सोनम थेवे पक्राउ परेका छन्।

२०८२ भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर पनि तोडफोड र आगजनी भएको थियो। प्रहरीले उक्त तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा सोनम थेवेलाई आइतबार पक्राउ गरेको हो। 

प्रहरीका अनुसार उनी गुण्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) समूहका सदस्य हुन्। उनले कपन धुम्बाराही क्षेत्रका घरजग्ग्गालगायतका व्यवसायीहरुलाई धाक धम्की दिइ रकम असुल गर्ने गर्दै आएका थिए ।  गुण्डागर्दीमा सलंग्न थेवे पटके गुण्डा समेत हुन्।