अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल संवत् ११४६ को अवसरमा एमाले अध्यक्ष ओलीद्वारा शुभकामना

नेपाल संवत् ११४६ को अवसरमा एमाले अध्यक्ष ओलीद्वारा शुभकामना


काठमाडौं-नेपाल संवत् ११४६ को पहिलो दिन अर्थात नयाँ वर्षरम्भको अवसरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीहरूलाई सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले नेपालको सांस्कृतिक विविधता र मौलिकताको संरक्षण गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

‘राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली – हाम्रो शक्ति हो,’ ओलीले लेख्नुभएको छ। उहाँले विविधतालाई भिन्नताको रूपमा नभई सार्थक एकतामा रूपान्तरण गर्न आग्रह गर्दै आपसी सद्भाव र सहिष्णुताको सन्देश फैलाउन आह्वान समेत गर्नुभएको छ ।

राष्ट्रमाथि खडा भएका चुनौतीहरूको सामना गरौं भन्दै उहाँले शुभकामना दिनुभएको छ ।