अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजीको नाममा नेपालविरुद्धको भयावह षड्यन्त्र भयो: अध्यक्ष ओली

जेनजीको नाममा नेपालविरुद्धको भयावह षड्यन्त्र भयो: अध्यक्ष ओली

तस्बिरहरु


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशभर आगजनी र लुटपाट भएको बताउनुभएको छ। अध्यक्ष ओलीले आन्दोलनको आवरणमा योजनाबद्ध रूपमा सार्वजनिक सम्पत्ति र एमाले नेता-कार्यकर्ताको घर–घरमा आक्रमण र सम्पत्ति लुटिएको बताउनुभयो।

बुधबार बालकोटस्थित आफ्नो घरमा भएको आगलागी र क्षतिको स्थलगत अवलोकन गर्नुभएका ओलीले २०८२ कात्तिक २३ र २४ को घटनालाई पूर्वनियोजित आपराधिक षडयन्त्रको रूपमा चित्रण गर्नुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘जेनजी आन्दोलनका नाममा छानिछानी व्यक्तिका घर जलाउने र लुट्ने काम भयो।’

अध्यक्ष ओलीले आफ्नो घरबाट विभिन्न अवसरमा प्राप्त उपहारहरू समेत चोरी गरी लगिएको बताउनुभयो। उनीहरूलाई काम नलाग्ने सामान मात्र जलाइएको ओलीको भनाइ छ। ‘केही मूर्ति त एक/दुई जनाले उचाल्न पनि नसक्ने थिए, ती समेत लुटेर लगिएका छन्।’

अध्यक्ष ओलीले यस घटनालाई सामान्य आन्दोलन नभई ‘आपसी द्वेष र अपराधी प्रवृत्तिको प्रदर्शन’का रूपमा लिनुभएको छ। उहाँले भन्नुभयो, ‘खास आपराधिक समूहले यस कुरामा उद्योग गरिरहेको थियो, तर सफल हुन सकेको थिएन, यो प्रयास धेरै अगाडिदेखि चलिरहेको थियो, अहिले सफल भए।’

एमाले नेता-कार्यकर्ताको घरहरूमा गरिएको तोडफोड, आगजनी र लुटपाटलाई ओलीले पूर्वतयारीसहितको राजनीतिक हिंसा भएको बताउनुभयो।  उहाँले यसअघि पनि सिंहदरबार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाउन आह्वान गर्ने समूह अहिले पुनः सक्रिय भएको दाबी गर्नुभयो। ‘यो नेपालका विरुद्ध भयानक षडयन्त्र थियो,’ उहाँले भन्नुभयो, ‘देशको स्थायित्व, विकास र शान्ति प्रक्रियालाई कमजोर पार्ने नियतले यस्तो काम गरियो ।’