अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 वर्तमान सरकार नै असंवैधानिक, निर्वाचन गराउने नियत छैन: एमाले नेता दाहाल

 वर्तमान सरकार नै असंवैधानिक, निर्वाचन गराउने नियत छैन: एमाले नेता दाहाल



झापा-नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकार असंवैधानिक रहेको बताउनु भएको छ।

नेता दाहाले प्रश्न गर्दै भन्नुभयाे, लामो संघर्ष र बलिदानीबाट बनेको संविधानको कुन धारामा टेकेर यो सरकार बनेको हो र ? सर्वोच्च अदालतका पूर्वन्यायाधिशको नेतृत्वमा बनेको सरकार संविधानको कुन धारा अनुसार बनेको हो ? यसले संसदको विघटन गर्न पाउँछ कि पाउँदैन ?’

यसका मन्त्रीहरुको नियत निर्वाचन गराउने नरहेको संकेत पाइएको पनि उहाँले बताउनु भएको छ। यस सरकारका गतिविधिहरुलाई हामीले नजिकबाट नियालेर कार्यकर्ताहरुले निगरानी गर्न आवश्यक रहेको उहाँको भनाई छ।

नेकपा एमाले बिर्तामोड नगर कमिटीको व्यवस्थापन र नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड तथा जनसाँस्कृतिक महाँसंघ नेपाल बिर्तामोडको संयुक्त आयोजनामा सामुहिक देउसी तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्तब्य राख्दै उहाँले यस्तो धारणा राख्नु भएको हो।

भदौ २३ र २४ गते जेन जीका नाममा गराइएको घटना तत्कालीन सरकारलाई माग राख्न नभई आगजनी र लुटपाट र विध्वंस मच्चाउन गरिएको उहाँको भनाई छ । उक्त घटनाले राज्यलाई कमजोर बनाएको छ। नेपालको राजनीतिक इतिहासमा यो घटनाले कलंकको रुपमा चित्रण गरिदिएको यहाँको भनाई छ

उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा आयोजित तिहार विशेष कार्यक्रममा एमालेका नेता तथा कार्यकर्तासहित शुभेच्छुक शुभचिन्तकहरुको बाक्लो सहभागिता थियो ।

कार्यक्रमको औचित्य प्रष्ट्याउँदै एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले भदौ २३ २४ को विध्वंश एवम् आगजनी पछि आतंकित जनमानसलाई शान्त पार्न र पार्टीका कार्यकर्ताहरुलाई कार्यक्षेत्रमा फर्काउन सामुहिक देउसी कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँले उक्त घटनामा जलाइएका सार्वजनिक र निजी भौतिक सम्पत्ती भ्रष्टाचारीको नभएको पनि प्रष्ट पार्नुभयो ।