अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोलुखुम्बुमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ घाइते

सोलुखुम्बुमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ घाइते

यो बेला
46
Shares

सोलुखुम्बु-सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु गएको छ। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उद्धार गरी सोताङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

बिहीबार साँझ माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको हो । गाडी सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

मृतक र घाइते यात्रुहरूको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।