अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु


काठमाडौँ-आफैँले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको मृत्यु भएको छ। पौडेलको शुक्रबार बिहान उपचारको क्रममा ‘कीर्तिपुर वर्न हस्पिटलमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयाे।

पौडेलले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् । उनलाई तत्कालै उद्धार गरी अस्पताल लगिएको थियो ।

यो घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो। अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका छन् ।