अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुकुम पश्चिम जिप दुर्घटना: ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

रुकुम पश्चिम जिप दुर्घटना: ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए


काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै गरेको जिप शुक्रबार साँझ दुर्घटनामा परेको पर्दा ८ जनाको ज्यान गएको छ।

रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानास्थित झारमारेमा दुर्घटना कम्तिमा ८ जनाको मृत्यु भएको हो। तीमध्ये ६ जनाको पहिचान खुलेको रुकुमपश्चिम प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीय कमला ओली, सोही पालिकाका १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीय दिलमाया बुढा, १७ वर्षीय मनिका ओली, १८ वर्षीय शर्मिला विक, २२ वर्षीय गोपाल ओली रहेका छन्।

यस्तै, अन्य १० जना घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिप सडकबाट ७ सय मिटर तल खसेको छ।
प्रहरीका अनुसार उनीहरू मण्डली ९चर्च०बाट घर फर्किँदै थिए। उनीहरु जिल्लाको त्रिवेणी गाउँपालिका सिमरुतस्थित चर्चबाट फर्किँदा दुर्घटनामा परेका हुन्।

आठबिसकोट नगरपालिका २ का वडाध्यक्ष देवबहादुर ऐरीका अनुसार मृतक सबै चर्चबाट घर फर्किँदै थिए।

दुर्घटना परेको जिपमा २५ जना सवार थिए। १९ जना भित्र र ६ जना छतमा बसेर घर फर्किँदैगर्दा दुर्घटना भएको भएको हो।
कच्ची सडकमा उकालोखण्ड पार गर्दैगर्दा जिपको पट्टा भाँचिएर दुर्घटना भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक हरि पुनले घटनाबारे थप अनुसन्धान भइरहेका जानकारी दिनुभयो।