काठमाडौं-जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिटमा संलग्न भएको भन्दै दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका–७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका–३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबा छन् ।
उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी प्रभाग साँखुले जनाएको छ ।







प्रतिक्रिया