काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ। प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्न लागेको बालुवाटार स्रोतले जानकारी दियो ।
पर्यटनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, स्वास्थ्यमन्त्रीमा सुधा गौतम, युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता र खगेन्द्र सुनारलाई श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउन लागिएको हो। उनीहरूको आजै साँझसम्म शपथको तयारी छ।
मन्त्रीमा लागि सिफारिस भएकी डा.सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव एवमं स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्। यस्तै, गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन्।
यस्तै, खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन्। सुनार दलितको हक अधिकारका लागि लड्दै आएका छन्। बब्लु गुप्ता सामाजिक कार्यक्रम सकृय छन् । साहार नभएकोहरुको साहारा बनेका गुप्ताले विद्यार्थीहरुलाई निशुल्क पढाउने लगायतका सामािजक कार्य गर्दै आएका छन् ।






प्रतिक्रिया