अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजदूत फिर्ताको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

राजदूत फिर्ताको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश


काठमाडौं-सर्वोच्च अदालतले विभिन्न ११ देशका नेपाली राजदूतहरू फिर्ता गर्नुको कारण पेश गर्न आदेश जारी गरेको छ।

राजदूत फिर्ताको निर्णय कानुनसम्मत नभएको जिकिरसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो।

अदालतले सरकारका नाममा आदेश जारी गर्दै सरकारलाई अदालत उपस्थित भई फिर्ता गर्नुको कारण पेश गर्न आदेश दिएको हो।

निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश विनोद शर्माको इजलासले ‘कारण देखाउ आदेश’ जारी गरेको हो। सरकारले विभिन्न ११ देशका राजदूतलाई २० कात्तिकसम्म फिर्ता हुन निर्देशन दिएको थियो।

चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदुतहरूलाई फिर्ता बोलाइएको थियो ।