अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य थप घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य थप घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ-सोमबार सुनको मूल्य थप घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार रुपैयाँ घटेको हो । 

जसअनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार भने तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको थियो । 

तिहार बिदाअघि सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ कायम थियो । आइतबार बजार खुल्दा भने भने सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घटेको थियो । जुन मूल्य सोमबार थप घटेर कारोबार भएको हो । 

यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ९८० रुपैयाँ कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेकाले सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि घटेको बताइएको छ ।