काठमाडौँ-चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि ललितपुरकाे इमाडोलस्थित किस्ट अस्पताल तनावग्रस्त भएको छ।
कात्तिक ९ गते आइतबार देखि नै आक्रोशित आफन्तले सोमबार पनि प्रदर्शन गर्ने भएपछि किस्ट अस्पताल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रहरीले अस्पताल परिसरलाई घेरेर राखेको छ। अस्पताल बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्य भेला भएका छन्। उनीहरुले आज पनि अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरेका हुन् । प्रदर्शनकारीहरु ढुंगामुढासहित अस्पताल पुगेका थिए ।
गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो। अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ।
अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरुको भनाइ छ । आक्रोशित आफन्तहरुले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।







प्रतिक्रिया