अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किष्ट अस्पताल तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार

किष्ट अस्पताल तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार


काठमाडौँ-उपचारकाे क्रममा सुत्केरीको मृत्यु भएपछि ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा तनावको अवस्था सिर्जना भएको छ। चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएपछि अस्पताल परिसरमा मृतकका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीले लाठिचार्ज गर्नुका साथै अश्रुयास समेत प्रहार गरेको छ।

मृतकका आफन्तहरूले अस्पतालको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै तोडफोड र भीड जम्मा गरेर विवाद गर्न थालेका थिए। त्योसँगै अहिले अस्पतालमा तनाव भएको छ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो ।

कात्तिक ८ मा सुत्केरी गराउन अस्पताल भर्ना गरिएकी मिना राईको मृत्यु भएको थियो।

मृतकका आफन्तहरूले अस्पतालको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै तोडफोड र भीड जम्मा गरेर विवाद गर्न थालेका थिए । त्योसँगै अहिले अस्पतालमा तनाव भएको छ ।