अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ड्रोनबाट कमलपोखरीमा यस्तो देखियो छठको रौनक   (तस्वीरहरू)

ड्रोनबाट कमलपोखरीमा यस्तो देखियो छठको रौनक   (तस्वीरहरू)


काठमाडौं-आज छठको मुख्य दिन काठमाडौं उपत्यकामा रहेको पोखरी र तालहरु बत्ती र मानिसले भरिएको छ।

रातीको समय त झन् यो पोखरीको दृश्यहरु एकदमै लोभ लाग्दो नै देखिएको हो।

छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिन्छ।

छठको दिन काठमाडौँका ८ स्थानमा छठका लागि पूजास्थल राखिएका थिए।

ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ।छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।