अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी प्रदेशमा आज भारी वर्षा र हिमपातको सम्भावना

यी प्रदेशमा आज भारी वर्षा र हिमपातको सम्भावना


काठमाडौं – देशका केही स्थानमा आज वर्षा र हिमपात हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज हल्कादेखि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपात र वर्षा हुनेछ ।

बाँकी तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको छ ।

विभागले राति कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । तराई भूभागमा आंशिक बदली रहनेछ ।

मोन्था समुद्री आँधी तीव्र हुँदै, कात्तिक १३–१६ सम्म यी प्रदेशमा बढी प्रभाव देखिने
गण्डकी प्रदेशका केही स्थान, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोसी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।

वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपात वर्षाको पनि सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको विभागले बताएको छ ।