काठमाडौँ- २०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि गठिन जाँचबुझ आयोगविरूद्वको रिट दर्ता भएको छ।
जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको हो।
अधिवक्ता विपिन ढकालले आइतबार आयोगका अध्यक्ष कार्कीसहित तीन जनालाई विपक्षी बनाएर रिट पेस गरेका थिए। उक्त रिट मङ्गलबार दर्ता भएको सर्वोच्च अदालत प्रशासन जनाएको छ। दर्ता भएको रिटको पेसी बुधबारका लागि तोकिएको छ।
जेनजी आन्दोलनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।







प्रतिक्रिया