काठमाडौं – सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता गराएको छ ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपालले पाउँदै आएका सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपाललाई सरकारले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मीको रुपमा उपलब्ध गराउँदै आएको थियो ।
नेपाल भ्रष्टाचार अभियुक्त भएका कारणले सुविधा कटौती गरिएको स्रोतले बताएको छ । नेपालले निवेदन दिएमा सुरक्षाकर्मी उपलब्ध गराइने गृह मन्त्रालयको भनाइ छ ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल रिहा हुनु भएको थियो ।







प्रतिक्रिया