अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल प्रहरीका एसएसपी रानाभाटद्वारा राजीनामा

नेपाल प्रहरीका एसएसपी रानाभाटद्वारा राजीनामा


काठमाडौं-नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिनुभएको छ। सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाउनुभएको हो।

पारिवारिक कामको कारणले राजीनामा दिएको उहाँले बताउनुभयो। ‘पारिवारिक कामले राजीनामा दिएको हुँ । अरु त्यस्तो कुनै कारण छैन,’ रानाभाटले भन्नुभयो।

रानाभाटले आजै राजीनामा बुझाएको तर स्वीकृत हुन बाँकी रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ। रानाभाटलेले बुझाएको राजीनामा आईजीपीले निर्णय गरेर गृह मन्त्रालय पठाउनुपर्ने कानुनी व्यवस्था छ।

रानाभाट २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका हुन् । गत साउनमा ११ एसपीलाई एसएसपी बढुवा गरिदा रानाभाट पनि बढुवा भएका थिए ।