अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यो सरकार असंवैधानिक हो, यसले चुनाव गराउँदैनः शेरधन राई

यो सरकार असंवैधानिक हो, यसले चुनाव गराउँदैनः शेरधन राई


विराटनगर- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राईले कोशी प्रदेशले संविधानको रक्षा र संसद पुनःस्थापना मागसहित प्रदेशस्तरीय संघर्षको घोषणा गरेको बताउनुभएको छ।

विराटनगरमा प्रेस चौतारी नेपाल मोरङ शाखाले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै नेता राईले यस्तो बताउनुभएको हो।

कार्यक्रममा जिल्लास्तरमा छलफल शुरू गरी सवा लाख कार्यकर्ता परिचालन गर्ने निर्णय भएको नेता राईले बताउनुभयो।

नेता राईले भन्नुभयो, ‘पहिलो चरणमा सबै जिल्लामा छलफल र कार्यक्रम तयार गरी आन्दोलनको आँधीबेहरी ल्याउने छौँ । यसमा प्रदेशभरबाट सवा लाख कार्यकर्ता उतार्ने छौं।’

सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै उहाँले यो सरकारले चुनाव गर्न नसक्ने ठोकुवा गर्नुभयो।

नेकपा एमालेले संसद पुनर्स्थापनाको माग राखेर अघि बढेकाले चुनावको विषयमा नसोचेको नेता राईको भनाइ छ ।

जेन-जी आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडमा संलग्नलाई कारबाही गर्नुपर्ने उहाँले माग गर्नुभएको छ। गौरीबहादुर कार्की नेतृत्वको छानबिन समिति पूर्वाग्रही र विश्वासिलो नभएको भन्दै उहाँले यो समितिलाई मानेर अगाडि बढ्न नसकिने बताउनुभयो ।