अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार, राजनीतिक दल र जेनजीबीचको छलफल जारी

सरकार, राजनीतिक दल र जेनजीबीचको छलफल जारी


काठमाडौं-बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीबीचको त्रिपक्षीय छलफल जारी छ।

प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवासमा बैठक बसिरहेको हो। छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधि सहभागी छन्।

जेनजी पक्षबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर सहभागी छन्।

त्यस्तै राजनीतिक दलतर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा (माओवादी), प्रकाश अधिकारी , दीपक कार्की (जसपा), प्रकाश ज्वाला, राजेन्द्र पाण्डे (एकीकृत समाजवादी), मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ (राप्रपा), निशा डाँगी, स्वर्णिम वाग्ले (रास्वपा), महेश बर्तौला, क्षितिज थेबे (एमाले), वसन्त कुशवाह (जनमत) र प्रकाशशरण महत (कांग्रेस) सहभागी भएका छन्। 

सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन र सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेल रहेका छन्। 

यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबिच छलफल भएको थियो । सरकारले फागुन २१ का लागि निर्वाचन तोकेको छ ।