काठमाडौँ – आज देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभाव पर्ने भएकोले बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूको बहाव आगामी ३ दिनमा बढ्दो क्रममा रहने महाशाखाले जनाएको हो।
कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूमा पानीको बहाव बढ्ने र केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना पनि रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
आगामी तीन दिन बाढी आउन सक्ने नदी तथा खोलाहरुको विवरण महशाखाले सार्वजनिक गरेको छ । उक्त दनी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई आज,भोली र पर्सी उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।







प्रतिक्रिया