दाङ-नेकपा एमालेका महासचिव शंकर पोखरलले जेन जी आन्दोलनका नाममा न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भएको बताउनुभएको छ ।
प्रेस चौतारी दाङले आज गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको दाबी गर्दै नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरे । जेन जी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका हुने कुरै भएन । उहाँले भन्नुभयो कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम हो । जेन जी आन्दोलनमा उठाइएका माग जायज भएको उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सरकार एनजिओ र आइएनजिओको भएको समेत दाबी गरे । सरकारले गैह्र सरकारी संस्थालाई जेन जी आन्दोलनको स्टेक होल्डर बनाएको भन्दै नेपालको संविधानले गैह्र सरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको दाबी गर्नुभयो । आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने बताउनुभयो ।






प्रतिक्रिया