अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भाषण गर्दागर्दै जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

भाषण गर्दागर्दै जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन


बुटवल-रुपन्देहीमा उद्योगहरूमा भएको विद्युत् कटौतीको विरोधमा आयोजित कार्यक्रममा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा बोल्दाबोल्दै अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्‍याइएकोमा त्यहाँ उनको मृत्यु भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

गौतमले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए । गौतमले उद्योगीहरूले नियमित रूपमा मासिक रूपमै विद्युत् महसुल तिर्दै आएकोमा एक्कासी ४ वर्षको बिल थमाउँदा उनीहरू पीडित भएको बताएका थिए ।

‘आम जनमानसमा भ्रम सृजना गरेर उद्योगीहरूले ठगेका छन् भन्ने पारिएको छ, म यैबाट प्रमाण दिन चाहन्छु उद्योगपतिले ठगेको छैन ।’ उहाँले भन्नुभयो, ‘सरकार र विद्युत प्राधिकरणको गैर जिम्मेवारीपनको कारणले यो भएको हो, यो पैसा विद्युतका कर्मचारीहरूले आफ्नो खल्तीबाट तिर्नुपर्छ ।’ उहाँले यो आन्दोलनलाई साङ्केतिक रूपमा मात्र लिन जरुरी रहेको र २५ हजार श्रमिकहरूको रोजगारी गुम्दै गएको बताउनुभयो।

उहाँले श्रमिकहरूलाई गुमाउन नचाहेको बत्ताउँदा बताउँदै उहाँको बोली लरबरिएको थियो । “अतः यो कारणले………..” भन्दै गर्दा उहाँ ढल्नुभएको थियो । गौतम ढले लगत्तै उपचारको लागि उनलाई क्रिमशन अस्पताल पुर्‍याइएको थियो । जहाँ गौतमको मृत्यु भयो । अहिले क्रिमशन अस्पतालमा उद्योगी व्यवसायी सम्बद्ध संस्थाहरूका प्रतिनिधिहरू रहेका छन् ।