अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झलनाथ खनालले माग्नुभयो माधव नेपालको राजीनामा

झलनाथ खनालले माग्नुभयो माधव नेपालको राजीनामा


काठमाडौं-नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग्नुभएको छ।

नेता खनालले जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार बोल्दै उहाँले भ्रष्टाचार मुद्दा लागेकाले पद छोड्नुपर्ने बताउनुभएको हो। 

नेता खनालले भन्नभयो, ‘मुद्दा लागेपछि त्यस बेलै संसदबाट निलम्बन हुनुभयो। अनि तपाईँ पार्टीमा चाहिँ किन पदमा बस्ने ? कम्युनिस्ट आन्दोलनको नेताले कस्तो मूल्य स्थापित गर्ने, त्यसको अगुवाइ तपाईँले गर्नुस् । तपाईँले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ।’

माधव नेपाल पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख धरौटी बुझाएर रिहा भएका हुन्। पार्टीमा उनले पद छोड्नुपर्ने भन्दै यसअघि पनि नेताहरूले दबाब दिएका थिए। 

नेता खनाल नेकपा माओवादीसँगको एकताको पक्षमा आफू नभएको पनि स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘अहिले हाम्रो पार्टी माओवादीमा एकता गर्ने हो भने एमालेसँग विद्रोह गरेको जायज थियो भन्ने पुष्टि हुँदैन। उहाँले बैठकमा माओवादीसँग एकता गरेर जनयुद्धको समयमा ज्यान गुमाएकाहरूको जिम्मा लिन नसकिने पनि बताउनुभयो।