अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक (सूचीसहित)


काठमाडौँ-मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले गरेका निर्णयहरू बिहीबार सार्वजनिक गरिएको छ। सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गर्नुभएको हो।

सार्वजनिक ११ वटा निर्णयमा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा हेरफेर गर्ने, मोरक्कोमा आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने उल्लेख छ । 

यस्तै माघ ११ गते राष्ट्रिय सभा सदस्यको  रिक्त पदमा निर्वाचन गर्ने, सचिव नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने, सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानानी र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्नेलगायतका निर्णय भएको खरेलले बताउनुभयाे।