अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकारले निर्वाचनको लागि सहज वातावरण बनाउनु पर्छ: प्रकाशशरण महत

वर्तमान सरकारले निर्वाचनको लागि सहज वातावरण बनाउनु पर्छ: प्रकाशशरण महत


काठमाडौं-नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले केन्द्रीय समितिको बैठक निर्वाचन कसरी शान्तिपूर्ण बनाउने भन्ने कुरामा केन्द्रीत रहेको बताउनुभएकाे छ।

बिहीबार कांग्रेसको केन्द्रीय समितिको बैठकपश्चात देशलाई कसरी माथि उठाउने र सरकारले प्रस्तावित गरेको चुनावलाई कसरी शान्तिपूर्ण बनाउने भन्ने विषयमा बैठक केन्द्रीत रहेको बताउनु भएकाे हाे।

उहाँले भन्नुभयाे, ‘देशमा एउटा संकटको अवस्था छ यसबाट माथि कसरी उठ्ने भन्ने विषयमा साथिहरुले चिन्ता प्रकट गर्नु भएको छ त्यसैगरी सरकारले प्रस्तावित गरेको आउँदो चुनावलाई कसरी शान्तिपूर्ण बनाउने, शान्तिपूर्ण हुन्छ कि हुँदैन्, अझै पनि गाँउ गाँउमा सुरक्षाको प्रत्याभूति छैन। यसबारेमा पनि साथिहरुले कुरा उठाउनु भएको छ।’

यस्तै, उहाँले समग्रमा निर्वाचनको अवस्था बन्यो भने निर्वाचनमा जानुपर्ने सबैको धारणा रहेको भन्दै यो निर्वाचन राष्ट्रिय निर्वाचन भएको हुनाले यसलाई बढि प्राथमिकता दिने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘समग्रमा निर्वाचनको अवस्था बन्यो भने निर्वाचनमा जानु पर्छ भन्ने कुरा आएको छ। साथै पार्टीमा अधिवेशनको कुरा जुन आएको छ, धेरै जसो साथिहरुले यो नियमित अधिवेशनमा जानु पर्ने कुरा गर्नु भएको छ। यो निर्वाचन राष्ट्रिय निर्वाचन भएको हुनाले राष्ट्रिय निर्वाचनलाई प्राथमिकता दिने कुरा गर्नु भएको छ। त्यसपछि अधिवेशनमा जाने कुरा त जानै पर्छ।’ साथै, उनले वर्तमान सरकार सुशासनसँगै आउँदो निर्वाचनलाई शान्तिपूर्ण बनाउने प्रयासमा लाग्नु पर्ने भन्दै त्यसको लागि बाहिर गएको हतियार र कैदीलाई नियन्त्रणमा लिनुपर्ने बताउनुभयाे ।

उहाँले भन्नभयाे, ‘सुशासनको कुरामा सरकारले गर्नुपर्ने काम पनि गरोस र सँगसँगै मुख्य ध्यान निर्वाचनतर्फ पनि लानु पर्छ। त्यसको आधार र वातावरण सिर्जना गर्नुपर्छ। बाहिर गएको हतियारलाई नियन्त्रणमा लिनुपर्‍यो र कैदीहरुलाई पुन पक्राउ गर्नुपर्‍यो। समग्र रुपमा जनताको बीचमा जाने वातावरण बनाउनु पर्छ।’ सुशासन सुनिश्चित गर्ने कुरामा सबै प्रतिबद्ध रहेको भन्दै यसमा सरकारसँग विमति हुनुपर्ने कुनै कुरा नभएको पनि उहाँको भनाई छ।

उहाँले भन्नुभयाे, ‘सुशासन सुनिश्चित गर्ने कुरामा हामी सबै प्रतिबद्ध छौँ । हिजो भएको त्रिपक्षिय बैठकमा सहभागि दलहरुले पनि त्यही कुरा गर्नु भएको थियो । जेनजीका प्रतिनिधिहरुले पनि त्यही कुरा गरेका थिए । यसमा विमति हुनुपर्ने कुनै कुरा छैन् । हामीले आफैले पनि यो सरकारको कार्यभार भनेको निर्वाचन हो समय पनि धेरै छैन्, तपाईंहरु निर्वाचनमा गम्भीर हुनुहुन्छ भने त्यो किसिमको परिस्थिति निर्माण गर्नु, आग्रह, पूर्वाग्रह राख्ने काम नगर्नु भनेका छौँ। तर जसले कानून तोडेको छ र सत्ताको दुरुपयोग गरेको छ त्यसको छानबिन गर्नको लागि राज्य संरचना छ त्यसमा हामी कसैले पनि छानबिन गर्नु हुँदैन् भनेर भनेका छैनौँ । तर बिना प्रमाण र आधार गर्नु हुँदैन् भन्ने मात्र कुरा हो।’