अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजीको नाममा भदौ २३ र २४ गते घटनामा संलग्नलाई छाड्न हुँदैन: आनन्द श्रेष्ठ

जेनजीको नाममा भदौ २३ र २४ गते घटनामा संलग्नलाई छाड्न हुँदैन: आनन्द श्रेष्ठ


रामेछाप-बागमती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जेनजीका नाममा सबै खालका अपराधकर्मीलाई उन्मुक्ति दिन नसकिने बताउनुभएको छ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको तेस्रो साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशनलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले जेनजीको नाममा भदौ २३ र २४ गते भएका अपराधको घटनामा संलग्नलाई छाड्न नहुने बताउनुभएको हो ।

‘जसले जे अपराध गरे पनि जेनजी भन्ने बित्तिकै छाड्ने हो भने समाज कहाँ पुग्छ ? देश के होला ?’ उहाँले प्रश्न गर्नुभयो ।

सभापति श्रेष्ठले राज्य सत्ता सञ्चालन गर्ने विषय ख्याल ख्यालको विषय नभएको बताउनुभयो।

सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सकारलाई अपराधीलाई उन्मुक्ति दिने हिसाबले ख्यालख्याल नगर्न आग्रह गर्नुभयो । ‘राज्य सत्ता सञ्चालन गर्ने कुरा कुनै क्लब सञ्चालन गरे जस्तो होइन’ उहाँले भन्नुभयो।

आन्दोलनको बेला नेपाली सेना लगायतका सुरक्षा संयन्त्रको भूमिका समेत निष्क्रिय रहेको बताउँदै श्रेष्ठले त्यसको पनि छानबिन हुनुपर्ने बताउनुभयो । घटनाको निष्पक्ष छानबिन गरी कमजोरी पत्ता लगाएर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिने वातावरण बनाउनु पर्नेमा उहाँले जोड दिनुभयाे ।