विराटनगर-अविरल वर्षाका कारण धरान-धनकुटा सडक भासिएको छ।
अविरल वर्षाको कारण आज बिहान ११ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ चारखोले गोलाई स्थित कोशी लोकमार्ग १० मिटर सडक भासिएको हो। अहिले सो स्थानबाट साना सवारी साधन मात्रै आवतजावत भइरहेको छ।
सो स्थानमा इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट प्रहरी निरीक्षक महेश भट्टराईको कमाण्डमा ७ जनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।







प्रतिक्रिया