अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक आज बस्दै, के-के छन् एजेन्डा ?

एमाले सचिवालय बैठक आज बस्दै, के-के छन् एजेन्डा ?


काठमाडौँ-नेकपा एमालेको ११औं महाधिवेशनको तयारीका लागि एमालेको केन्द्रीय सचिवालयको बैठक आज बिहान बस्दै छ। बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने जनाएकाे छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुण्डुमा बस्ने सचिवालय बैठकमा विशेषगरी २ विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

नेता गौतमले अनुसार आगामी मंसिर २७,२८ र २९ गते पोखरामा हुनेगरी तोकिएको ११औं महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ।  सो बैठकले महाधिवेशन प्रतिनिधि छनोट र विधि महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने बताइएको छ। सो बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ ।

२०८२ असोज २९ देखि असोज ३१ गतेसम्म भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठकले ११औं महाधिवेशन आगामी मंसिर २७ देखि मंसिर २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो ।

विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि जनपरिचालन गर्ने निर्णय पनि आजको बैठकले गर्ने गौतमले बताउनुभयो।

एमाले नेताहरूका महाधिवेशनका लागि सदस्यताको निर्क्योल, महाधिवेशन प्रतिनिधि चयनको विधि र मापदण्ड निर्धारण गर्नुका साथै विभिन्न समिति उपसमितिहरूको गठन सचिवालय बैठकले गर्नेछ ।

२०७८ साल मंसिरमा चितवनको सौराहामा एमालेले १० औं राष्ट्रिय महाधिवेशन गरेको थियो । प्रत्येक पाँच वर्षमा गर्नुपर्ने महाधिवेशन एमालेले यस पटक झन्डै एक वर्ष पहिला नै गर्न लागेको हो ।