अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ: योगेश भट्टराई

प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ: योगेश भट्टराई


नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी छोडेर गएकाहरुलाई एमालेमा फर्किन आह्वान गर्नुभएको छ। एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणमा सरिक हुन आग्रह गर्दै एमालेमै फर्किन आहवन गर्नु भएको हो।

अध्यक्ष ओलीले पार्टी छाडेर गएकालाई मूलघर फर्कन गरेको आव्हान स्वागत र समय सान्दर्भिक रहेको पार्टी सचिव योगेश भट्टराईले रहेको बताउनुभएको छ। 

शनिबार बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै  सचिव भट्टराई निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ।

‘जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र नेकपा एमालेको अगुवाईमा सिंगो वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार हो’, सचिव भट्टराईले भन्नुभएको छ, ‘जबजको सिद्धान्त शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा विश्वास गर्नेहरूको एउटा केन्द्र बन्नै पर्छ त्यो एमाले हो।’

उनले एकताको लागि निम्न चार आधारसमेत प्रस्तुत गरेका छन्:

– जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने।

– पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने ।

– २०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने।

– नेकपा एमालेको नेतृत्वमा आर्थिकरसामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने ।
कमरेडहरू, आउनुहोस् यिनै मान्यतामा हातेमालो गरौँ ।