अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

११औं महाधिवेशनबाट केपी ओलीलाई अध्यक्ष बनाएर देखाउने होः महेश बस्नेत

११औं महाधिवेशनबाट केपी ओलीलाई अध्यक्ष बनाएर देखाउने होः महेश बस्नेत


पोखरा-नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले पोखरामा हुने ११औं महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउने दाबी गर्नुभएकाे छ।

नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा आयोजना गरेको मोटरसाइकल र्‍याली कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले विदेशी सामाज्यवादीहरुको अगाडि केपी ओलीलाई पोखरा ल्याएर अध्यक्ष बनाएर देखाउने दाबी गर्नुभएकाे हाे।

‘कास्कीमा ल्याएर केपी ओलीलाई विदेशी सामाज्यवादीहरुको अगाडि, दलालहरुको अगाडि देखाउने हो । केपी ओलीलाई अध्यक्ष बनाउने हो,’ नेता बस्नेतले भन्नुभयाे।

संविधानको रक्षा र प्रतिगमनकारी षडयन्त्र तथा अराजकताविरुद्ध आयोजना गरेको मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै नेता बस्नेतले अहिलेसम्म कुनै पनि वैदेशिक आक्रमण नसहेको स्वतन्त्र मुलुक नेपालमा अहिले साम्राज्यवादीले हस्तक्षेप गर्न खोजिरहेका बताउनुभयाे।

उनीहरूको त्यो चाहन पूरा हुन नदिन एमाले र त्यसका अध्यक्ष केपी ओली अडिग भएर उभिएको बस्नेतले बताउनुभयाे । अहिलेसम्म ११ वटा देशमा जेनजी उचालेर सत्ता परिवर्तन गरिएको बताउँदै उहाँले ती ११ वटै देशको धेरै प्रकृति मिल्ने बताउनुभयाे । नेपालका जेनजीले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जाल सञ्चालनका माग गरेका बताउँदै बस्नेतले अपराधीहरूले उनीहरूलाई भड्काएर भदौ २३ र २४ को घटना गराएका बताउनुभयाे।

‘विदेशी शक्ति र त्यसका दलालहरूले बारबरा फाउण्डेसन बनाएर नेपाली बालबालिकाको छातीमा बम फिट गरी प्रतिनिधिसभा, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार स्वाहा पारे, काठमाडौं पछि सबैभन्दा बढी क्षति गण्डकीको सदरमुकाम पोखरामा भयो’, उहाँले भन्नुभयाे।

देश ध्वस्त बनाउने मुख्य मतियार माओवादी अध्यक्ष प्रचण्ड भएका पनि नेता बस्नेतले बताउनुभयाे । आफू प्रधानमन्त्री बन्ने तानाबाना बुनिरहेको बेला छोरीको घर जलेपछि प्रचण्ड झल्याँस्स भएका उहाँले बताउनुभयाे।

प्रधानमन्त्री बन्न तम्सिएका अर्का पात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठग भएका नेता बस्नेतले बताउनुभयाे । लामिछाने देशको प्रधानमन्त्री होइन, जेलको नाइके हुने उहाँको भनाइ छ। त्यो भन्दा माथिको हैसियत लामिछानेको नभएको बस्नेतले बताउनुभयाे।

बालेनको एउटा फेसबुक स्ट्याटसले नेपालको लोकतन्त्र सैनिक मुख्यालयमा लगेर बुझाउने प्रयास भएको भन्दै उहाँले आज वास्तविक जेनजीहरु बालेनको त्यो स्ट्याटस फलो गरेकोमा पछुताइ रहेका बताउनुभयाे। ‘संसद् विघटन त्यही बालेनको कारणले भयो, जसले जेनजीको प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने चाहना पूरा हुन पाएन, संविधान संशोधनको माग पूरा हुन सकेन’, उहाँले भन्नुभयाे।

नेकपा एमालेको ११औं महाधिवेशनमा मंसिर २७ देखि २९ सम्म पोखरामा हुँदैछ।