अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मंसिर १३ मा देशभर एमालेका महाधिवेशन प्रतिनिधि निर्वाचन गर्ने सचिवालय बैठककाे निर्णय

मंसिर १३ मा देशभर एमालेका महाधिवेशन प्रतिनिधि निर्वाचन गर्ने सचिवालय बैठककाे निर्णय


काठमाडौं-नेकपा एमालेले ११ औं महाधिवेशनका लागि मंसिर १३ गते देशभर एकसथा प्रतिनिधि चयन गर्ने भएको छ। आज भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले एकै दिन प्रतिनिधि चयन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे।

उहाँका अनुसार १२ सय पार्टी सदस्य बराबर १ जना महाधिवेशन प्रतिनिधि हुनेछन्। एक तिहाइ महिला प्रतिनिधि, ४० वर्ष भन्दा मुनिलाई पनि आरक्षण छुट्टाइएको छ। प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधि आरक्षण छुट्याइएको उपमहासचिव ज्ञवालीले बताउनुभयाे।

‘प्रतिनिधि चयन आगामी मंसिर १३ गते शनिबारका दिन देशैभरी एकसाथ हुनेछ,’ ज्ञवालीले भन्नुभयाे, ‘त्यसरी चयन भएका प्रतिनिधिको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने छ।’

एमालेले महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्य मध्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गर्ने बताएको छ। प्रतिनिधि चयन गर्दा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मान्ने समेत ज्ञवालीले उल्लेख गर्नुभयाे।