अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् पुनर्स्थापनका लागि देशभर जनपरिचालन गर्ने एमाले सचिवालय बैठककाे निर्णय

संसद् पुनर्स्थापनका लागि देशभर जनपरिचालन गर्ने एमाले सचिवालय बैठककाे निर्णय


काठमाडौँ-नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि जनपरिचालन गर्ने भएको छ। आज भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले देशका ६ हजार ७४३ वटै वडामा आगामी कात्तिक २२ गते जनभेला गर्ने निर्णय गरेको हो। यस्तै सबै पालिकामा कात्तिक २५ गते र सबै जिल्लामा २९ गते जनसभा गर्ने निर्णय गरेको छ ।

त्यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मंसिर ६ गते काठमाडौँमा जनसभा गर्ने निर्णय गरेको जानकारी दिनुभयाे। पार्टीको जनपरिचालन गर्ने नीति अनुसार यी कार्यक्रमहरू तय भएको उहाँले बताउनुभयाे।

बैठकले विधान महाधिवेशनबाट पारित दस्तावेजहरू अन्तिम रूप दिएर प्रकाशित गर्ने निर्णय गरेको छ। त्यस्तै सचिवालय बैठकले चार वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।