अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोन्थाको प्रभाव सकियो : आजबाट मौसममा क्रमश सुधार हुने

मोन्थाको प्रभाव सकियो : आजबाट मौसममा क्रमश सुधार हुने


काठमाडौं – देशका केही स्थानमा आज वर्षाको पूर्वानुमान छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा हाल मुख्यतः पश्चिमी वायुको प्रभाव रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । त्यसकै प्रभावले उक्त क्षेत्रमा हल्का वर्षा हुने उहाँको भनाइ छ ।

उक्त क्षेत्रका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव सकिइसकेको झाले बताउनुभयो ।

अरबसागरमा बनेको न्यूनचापीय प्रणालीका कारण पनि नेपालमा वर्षा र हिमपात भएको थियो । त्यो प्रणाली समेत निकै कमजोर भइसकेको उहाँले जानकारी दिनुभयो ।

आइतबार बिहान सिन्धुपाल्चोक, कास्की, पर्वत, नुवाकोट, संखुवासभालगायत जिल्लामा हल्का पानी परेको छ ।

यस दिन राति यी प्रदेशका एकरदुई मात्र स्थानमा हल्का वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।