काठमाडौं -नेकपा एमालेका पोलिटव्यूरो सदस्य सूर्य थापाले काठमाडौं महानगरका मेयर बालेन शाहको अश्लिल अभिव्यक्तिप्रति आक्रोस व्यक्त गर्नु भएको छ ।
थापाले बालेनको पोस्टको स्क्रिनसट राख्दै उनलाई कारबाहीको माग गर्नु भएको छ । थापाले गाँजा तान्ने दुर्व्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सबै अपराधी र देशद्रोही भएको उल्लेख गर्नुभएको छ।
बालेनले शनिबार राति अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गरेर स्टाटस लेखेका थिए।
उनले अहिले उक्त स्टाटस सञ्जालबाट हटाइसकेका छन्।
बालेनलाई कारबाहीको माग गर्दै थापाले राखेको स्टाटस यस्तो छ
गाँजा तानेर लुसिफर(दलाल/शैतान)ले बेहोसीमा पागल भई अन्टसन्ट लेख्दै र आफैले हटाउँदै खुब आनन्द मानेको रहेछ। सिंहदरबार जलाउन उक्साउने लुसिफरले नशामा नाश भएर रातीराती यसरी बेलाबखत देश बनाउने स्वाँङ पो गर्छ।
बाबुले सिंहदरबार बैद्यखाना सकेर सिनामंगलमा दरबार बनाएको जान्नेहरू छोराले सिंहदरबारमा आगो लगाउन भिजिलान्तेहरू पठाएर र दमकल तीनदिनसम्म रोकेर आफ्नो सक्कली अनुहार उदाङ्गो पारिसकेको छ। अझ यस्ता देशद्रोहीलाई आइकन मान्ने र काठमाडौंलाई बालेन शहर आएँ/गएँ भनेर लेख्ने मान्छेहरूका अनुहार सम्झँदा पो लाज लाग्छ! म शुरूदेखि स्पष्ट छु, यो गजेडी हो, नशामा लठ्ठिनु र बर्बराउनु यसको दिनचर्या हो। यही योग्यताले यो लुसिफर र दलाल भएको हो । गाँजा तान्ने दुर्ब्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब अपराधी र देशद्रोही हुन् !
अब समवेत् स्वरमा भनौं- गाजा तान्न जान्नेहरू गाजा तानेर लेखौं…! मलाई बहुत खुशी लागेको छ, गजेडी आफै उदाङ्गो र नाश भइरहेको छ। कुचोले बढार्नुपर्ने कसिंगर गाजाले उडाइरहेछ!!!







प्रतिक्रिया