काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। शुक्रबार बस्दै नबसी स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो।
बैठकमा १५ औं महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ ।
बैठकमा महामन्त्री र संस्थापन पक्षले फरकफरक कार्यतालिका प्रस्ताव गरेका थिए । जसका कारण बैठकमा विवाद उत्पन्न भएको थियो ।
आज केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेताको बैठक पनि बोलाएका छन् ।







प्रतिक्रिया