अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबार जलाउने उक्साउने बालेनलाई सरकारले अविलम्ब गिरफ्तार गर्नुपर्छ: विष्णु रिजाल

सिंहदरबार जलाउने उक्साउने बालेनलाई सरकारले अविलम्ब गिरफ्तार गर्नुपर्छ: विष्णु रिजाल


काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई तत्काल गिरफ्तार गर्न सरकारसँग माग गर्नुभएको छ। 

शनिबार मध्यराति एमालेसहित नेपालका राजनीतिक दलहरूलाई अश्लील शब्दमा स्टाटस लेखेको चर्चा भइरहेका बेला नेता रिजालले बालेन सिंहदरबार जलाउने मतियार रहेको आरोप लगाउँदै बालेनलाई तत्काल पक्राउ गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसँग माग गर्नुभएको हो।

‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन्। नेपालमा गाँजा प्रतिबन्धित छ’, नेता रिजालले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ। नत्र अराजकता र मुठभेड बढ्छ।’

मेयर बालेनले शनिबार मध्यराति अंग्रेजीमा अश्लील शब्द प्रयोग गरी अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका थिए।

तर व्यापक आलोचना भएपछि बालेनले केही बेरपछि त्यो स्टाटस हटाएका थिए। तर त्यसको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा बालेनको विरोध भइरहेको छ।