अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विष्णु रिमालको प्रश्न: ‘हिंसा, त्रास र आतङ्क फैलाउने अभिव्यक्ति दिँदा पनि सरकार किन मौन ?

विष्णु रिमालको प्रश्न: ‘हिंसा, त्रास र आतङ्क फैलाउने अभिव्यक्ति दिँदा पनि सरकार किन मौन ?


काठमाडौं-नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जालमा स्ट्याटसमार्फत् हिंसा, त्रास र आतङ्कको भाषा भट्याइरहँदा राजनीतिक नेतृत्व र जिम्मेवार निकायको मौनतालाई लिएर प्रश्न उठाउनु भएको छ।

उपमहासचिव रिमालले राजनीतिक नेतृत्व र जिम्मेवार निकायको मौनतालाई लिएर प्रश्न गर्दै लेख्नुभएको छ- ‘एकाथरिले हिंसा, त्रास र आतङ्कको भाषा भट्याइरहने, आरोप लगाइरहने, अपशब्द र अपमान गरिरहने, व्यवस्था र अमन-चैन कायम गर्ने जिम्मा पाएकाहरू तमासे बनेर रहिरहने, हुल्याहा र अपराधीका सबै हरकतमा मौन रहिरहने, अरूले चुपचाप सहिरहने, शान्त रहिरहनु पर्ने ? यो कसरी हुन सक्छ, महोदय रु जवाफ त दिनु पर्ला नि, परेन ?’

उपमहासचिव रिमालको स्ट्याटसले नेतृत्वको जवाफदेहिता, सामाजिक सहिष्णुता र नागरिकको विश्वासका विषयमा प्रश्न उठाएको छ। उहाँले विभिन्न व्यक्तिहरूले हिंसा र आतंक फैलाउने अभिव्यक्ति दिँदा पनि सरकारले मौन रहेकोप्रति आपत्ति व्यक्त गर्नुभएको छ।
एकाथरिले नियमित रुपमा आरोप लगाइरहने, अपशब्द र अपमान गरिरहने कुरा सैहन नसकिने उहाँले प्रष्ट पार्नु भएको छ।