अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ‘युथ भोलिन्टियर फोर्स’को विशेष भेला [तस्बिरहरू]

एमालेको ‘युथ भोलिन्टियर फोर्स’को विशेष भेला [तस्बिरहरू]


भक्तपुर-नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले ‘युथ भोलिन्टियर फोर्स’को विशेष भेला गरेको छ।

आइतबार भेलामा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुभएको छ।

शनिबार निकोलस भूसालसहितको समूहले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको घर घेर्ने भन्दै आह्वान गरेको थियो। त्यसको जवाफ स्वरूप एमालेले युथ भोलिन्टियर फोर्सको ब्यानरमा कार्यकर्ता उतारेको छ।

शनिबार पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेतले युथ भोलेन्टियर भेलाको आह्वान गरेका थिए। जनसंगठन समन्वय संयन्त्रले भेलाको समन्वय गरेको छ।

सङ्गठनका रूपमा ‘युथ भोलेन्टियर्स फोर्स’ थपिने भएको छ। उक्त फोर्सको नयाँ नेतृत्व आगामी मंसिर ५ गते घोषणा गरिने भएको छ।

आगामी मंसिर ५ गते फोर्स गठनसहित सार्वजनिक गरिने राष्ट्रिय युवा सङ्घ नेपालका प्रवक्ता निरोज पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ नेतृत्व छनोट गर्न एमाले नेता महेश बस्नेतको संयोजकत्वमा कार्यदल बनेको छ।