काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज सञ्चारकर्मीसँग संवाद गर्नुहुने भएको छ।
प्रेस चौतारी नेपालको आयोजनामा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा संवाद कार्यक्रम गर्न लागेको प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो।
अध्यक्ष पाण्डेले सोमबार दिउँसो १ बजे प्रेस चौतारीको केन्द्रीय कार्यालय, पुतलीसडकस्थित न्यू प्लाजामा कार्यक्रम हुने भएकोले गर्दा सञ्चारकर्मीहरूलाई संवाद कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्नुभएको छ।
संवाद कार्यक्रममा सहभागी भइदिनका लागि हार्दिक अनुरोध गर्दै लेख्नुहुन्छ, ‘प्रेस चौतारी नेपालले नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा नेकपा (एमाले)का महासचिव श्री शंकर पोखरेलज्यूसँग सोमबार दिउँसो १ बजे प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालय, पुतलीसडक, न्यू प्लाजामा आयोजना गरेको सञ्चारकर्मीहरूसँग संवाद कार्यक्रममा गरिमामय उपस्थितिका लागि तपाईंलाई हार्दिक अनुरोध गर्दछु।’








प्रतिक्रिया