जेन्जीका नवयुवाले अघि सारेका माग अनुचित थिएनन्: शंकर पोखरेल
काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन्जीका नवयुवाले अघि सारेको माग उचित भएको बताउनुभएको छ।
प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा महासचिव पोखरेलले यस्तो बताउनुभएको हो।
जेन्जीका नवयुवाको माग अनुचित नभएको र सो माग त्यो सरकारले पनि पुरा गर्न सक्ने रहेको पत्रकार सम्मेलनमा बताउनुभयो। उहाँले उनीहरूले राखेका माग सरकारसमक्ष प्रस्तुत नै भएन,’ महासचिव पोखरेलले भन्नभयो, ‘कसले आन्दोलनको नेतृत्व गरेको भन्ने पूर्ववर्ती सरकारलाई जानकारी नै भएन।’
महासचिव पोखरेलले २३ र २४ भदौमा भएको आन्दोलनमा मोबाइलको लत बसेका युवाहरूलाई गलत तत्वले प्रयोग गरेको समेत दाबी गर्नुभयो ।
महासचिव पोखरेलले ‘बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने युवालाई गलत तत्वले प्रयोग गरे,’ उहाँले भन्नुभयो , ‘सूचना प्रविधिप्रतिको आशक्ति, लत कस्तो तहमा पुगेको छ भन्ने कुरालाई गलत तत्वले प्रयोग गरेको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ ।’
साथै, उहाँले पूर्ववर्ती सरकारले कनै पनि चासो देखाएन भन्ने जबरजस्त भाष्य स्थापना गर्न खोजेको भन्ने कुरा समेत बताउनु भयो।
‘सामान्य कुरामा पनि सरकारले किन चासो राखेन भन्ने जबरजस्त भाष्य स्थापित हुन खोज्दैछ । अहिले जसरी चर्चा गर्न खोजिएको छ त्यो उचित थिएन,’ पोखरेलले भन्नुभयो, ‘परिस्थितिलाई आफ्नो स्वार्थ अनुकूल अघि बढाउन घटना बढाइएको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ ।’







प्रतिक्रिया