अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मंसिर २७ गते काठमाडौंमा इतिहासकै ठुलो सभा गर्छौँ: महासचिव पोखरेल

मंसिर २७ गते काठमाडौंमा इतिहासकै ठुलो सभा गर्छौँ: महासचिव पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनता कसको पक्षमा छन् भन्ने कुरा नेकपा एमालेले चाँडै देखाइ दिने बताउनु भएको छ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मंसिर २७, २८ र २९ गते एमालेले काठमाडौंमा पार्टीको ११ औँ महाधिवेशन गर्न लागेको बताउँदै महाधिवेशनको उद्घाटन कार्यक्रममा इतिहासकै सबैभन्दा ठुलो सभा गर्ने घोषणा गर्नुभयो ।

जनता प्रमुख दलबाट विमुख भएका छन् भनि निर्माण गरिएको भाष्य गलत हो भन्ने कुरा साबित गर्ने हिसाबले कात्तिक २२ गते हामी देशै भरी सबै वडाहरूमा एक साथ वडास्तरीय जनभेला आयोजना गर्दै छौँ, २५ गते पालिका–पालिकामा जनर्‍यालीहरू आयोजना गर्दै छौँ,  २९ गते जिल्ला–जिल्लामा जनसभाहरू आयोजना गर्दै छौँ, काठमाडौं उपत्यकाको हकमा मंसिर ६ गते उपत्यका स्तरीय र्‍याली तथा सभाको आयोजना गर्दै छौँ र म तपाईँहरू सबैलाई सुनाउन चाहन्छु– मंसिर २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठुलो जनासभा हामी काठमाडौंमा आयोजना गर्दै छौँ, हामी देखाउन चाहन्छौँ जनता कसको साथमा छन्, जनता कहिल्यै पनि हत्या, हिंसाको साथमा हुँदैनन्’, उहाँले भन्नुभयो ।

युवाहरू हरेक राजनीतिक दलमा जोडिएका बताउँदै सबैभन्दा धेरै नवपुस्ता एमालेसँग भएको उहाँले बताउनुभयो । नेकपा एमाले तीन पुस्ताको संयोजनबाट बनेको पार्टी भएको बताउँदै उहाँले आउने महाधिवेशनमा आउने प्रतिनिधिमा युवाको क्लष्टर नै तोकेको स्पष्ट पार्नुभयो । युवाहरूको लागि सबैभन्दा बढी काम गर्ने पार्टी नेकपा एमाले नै भएको उहाँले दाबी गर्नुभयो ।

कार्यक्रम प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा भएको थियो । संवादमा नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत लगायत सहभागी हुनुहुन्थ्यो ।