अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीलाई स्थानहद गरेर चुनाव हुन्छ भन्नु काल्पनिक हो: शंकर पोखरेल

केपी ओलीलाई स्थानहद गरेर चुनाव हुन्छ भन्नु काल्पनिक हो: शंकर पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्थान हद तोकेर सरकारले निर्वाचन गराउँछु भन्नु काल्पनिक कुरा भएको बताउनु भएको छ।

सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको  संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले वर्तमान सरकार कार्यादेश अनुसार चल्नै नसकेको बताउनु भएको हो। 

‘प्रमुख पार्टीको नेतालाई स्थान हद तोक्ने अनि चुनाव गर्छु भन्ने कुरा चुनाव गर्ने बाटो होइन’, महासचिव पोखरेलले भन्नुभयो ‘, ‘स्थानहद गर्ने र पासपोर्ट रोक्का गर्ने निर्णय फिर्ता गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।’

महासचिव पोखरेलले नेपालको इतिहासमा विभिन्न कालखण्डमा राज्यको बल प्रयोगबाट विभिन्न क्षति भए पनि प्रधानमन्त्रीलाई दोष देखाउने काम नभएको भन्दै लोकतान्त्रिक व्यवस्थाभित्र बल प्रयोगको अधिकार जसलाई दिएको छ उसैले गर्ने समेत बताउनुभयो ।

महासचिव पोखरेलले संविधान, संसद् र जनताले समेत नचिनेको यो सरकार असंवैधानिक भएकाले एमाले संसद् पुनर्स्थापनाको पक्षमा उभिएको भन्दै उहाँले यो मुद्दामा अदालतले समेत विगतको नजिरलाई आधार मानेर पुनर्स्थापना हुनेमा विश्वस्त हुन सकिने बताउनुभयो।