अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भयरहित वातावरण नबनेसम्म एमाले चुनावमा भाग लिँदैन: प्रदीप ज्ञवाली      

भयरहित वातावरण नबनेसम्म एमाले चुनावमा भाग लिँदैन: प्रदीप ज्ञवाली      


उदयपुर-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भयरहित वातावरण नबनेसम्म नेकपा एमाले चुनावमा सहभागी नहुने बताउनुभएको छ।

सोमबार नेकपा एमाले जिल्ला कमिटी उदयपुरले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले सो कुरा बताउनु भएको हो।

२०८२ भदौ २३ र २४ गतेको घटना पछि मुलुक निकै ठुलो दलदलमा गुज्रिरहेको अवस्थामा चुनावमा कसरी जान सकिन्छ भन्दै उपमहासचिव ज्ञवालीले सरकारलाई प्रश्न गर्नु भयो।

उपमहासचिव ज्ञवालीले भन्नुभयाे, ‘भदौ २३ र २४ गतेको घटना पछि जेलबाट भागेका झन्डै साढे ५ हजार कैदीबन्दीहरु अहिले पनि जेल बाहिर रहेको, सुरक्षा कर्मीका लुटिएका आधा भन्दा धेरै हतियार अहिले पनि बाहिर भएको अवस्थामा चुनाव कसरी भयरहित तरिकामा सम्पन्न हुन्छ ? जनताले आफुलाई सुरक्षित महशुस गरेर कसरी निर्धक्क मतदानमा सहभागी हुन सक्छन भन्ने आफुहरुको प्रश्न रहेको बताउदै यो अवस्थामा चुनाव हुन नसक्ने निस्कर्ष सहित एमाले यथास्थितिमा चुनावमा नजाने निर्णय भइसकेको छ।’

उपमहासचिव ज्ञावालीले नेकपा एमाले पंचायत, राणा शासन र निरंकुश राजतन्त्रको बिरुद्धमा लडेर आएको पार्टी भएको र आफुहरुको मूल मन्त्र जनताको बहुदलीय जनवाद रहेकोले चुनावमा नजाने, चुनावबाट भाग्ने भन्ने प्रश्नै नहुने बताउदै चुनावमा सहभागी हुने दल र आम मतदातालाई भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने बिश्वास दिलाउन नसकुञ्जेल आफुहरु चुनावमा नजाने भन्ने निस्कर्षमा पुगेको समेत बताउनु भयो । उहाँले आफुहरु विघटित संसदलाई पुनस्र्थापित गरेर सदन बाटै संबिधान संसोधन मार्फत अहिलेको समस्याको समधान गर्नुपर्ने पक्षमा रहेको समेत बताउनु भयो ।

नेता ज्ञावालीले एमालेले संसद पुनस्र्थापनाको माग फेरी सत्ता र कुर्सीको मोहले गरेको नभएर संविधानतः देशलाई एउटा निकासको बाटोमा लैजान संसद पुनस्र्थापनाको माग गरेको जिकिर गर्नु भयो । उहाँले संविधानले अहिलेको सरकारलाई समेत नचिन्ने अवस्था रहेको र मुलुकमा चुनाव हुने बातावरण समेत नबनेको अवस्थामा मुलुकलाई अस्थिरता र अनिर्णयको बन्दीबाट स्थिरता र निकासको बाटोमा लैजान संसद पुनस्र्थापना गरेर यही संबिधानमा एउटा धारा थप गरेर अहिलेको आन्दोलनको भावना अनुसार सरकार गठन गरि उक्त सरकारबाट निर्वाचन गराउँदा हित हुने दावी गर्नु भयो ।

एमाले उपमहासचिव समेत रहेका नेता ज्ञावालीले भदौ २३ र २४ गतेको घटना पश्चात गठित छानविन समितिले सत्यतथ्य छानविन गर्न नसक्ने ठोकुवा गर्नु भयो । बर्तमान सरकारले गठन गरेको छानविन समितिका अध्यक्ष गौरीबहादुर कार्की समितिको अध्यक्ष हुनु पुर्वदेखी नै पूर्वाग्रही तरिकाले प्रस्तुत हुने गरेको भन्दै वहाँबाट कसरी सत्यतथ्य छानविन हुन्छ भन्ने प्रश्न सरकारलाई गर्नु भयो । उहाँले नेकपा एमाले भदौ २३ र २४ को घटनाको सत्यतथ्य छानविनको माग गरिरहेको समेत बताउनु भयो । भदौ २३ गते स्कुले विद्यार्थीहरुलाई मानव ढाल बनाएर ओरिजिनल तिब्बतीयन ब्लड नामका ज्याकेट लगाएकाहरुले, बुलेट बाइकमा आएका भिडले घटना उत्तेजित बनाएर देशमा विध्वंश मच्चाएको भन्दै यस किसिमको अवस्थामा अहिले गठित पूर्वाग्रही छानविन समितिले सत्यतथ्य छानविन गर्न नसक्ने हुँदा आफुहरु सर्वोच्च अदालतका पुर्व न्यायाधीशहरु सम्मिलित एउटा निस्पक्ष आयोग गठन गरेर उक्त घटनाको सत्यतथ्य जनता सामु ल्याउनु पर्ने माग सहित अब आम जनताको घर दैलोमा जाने तयारीमा पुगेको समेत बताउनु भयो । नेता ज्ञावालीले एमाले अब जनताको घर घर र टोल टोल सम्म गएर जनताको भावना र चाहना अनुसार अघि बढ्ने समेत बताउनु भयो ।

नेकपा एमाले उदयपुरले हिजो मात्र जिल्ला कमिटिको आठौँ बिस्तारीत बैठक सम्पन्न गरेको थियो । कमिटीले २०४६ साल यता पार्टीबाट राज्यको बिभिन्न निकायमा बिभिन्न जिम्मेवारीमा पुगेका नेताहरुको सम्पति छानविन गर्न बर्तमान सरकार संग माग गर्ने निर्णय गरेको थियो । भने पार्टीले जेनजी आन्दोलनका क्रममा जलेको पार्टी कार्यालय पुनः निर्माणका लागि म बनाउँछु पार्टी कार्यालय अभियान संचालन गर्ने निर्णय समेत गरेको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले बताउनु भयो ।

झन्डै ५ सय भन्दा बढी नेता तथा कार्यकर्ताको उपस्थितिमा एमाले उदयपुरले बृहत कार्यकर्ता भेला सम्पन्न गरेको एमाले उदयपुरका सचिव टेकबहादुर राउतले जानकारी दिनु भयो । भेलामा नेकपा एकीकृत समाजवादीका नेताहरु पुनः एमालेमा फर्किएका थिए । उनीहरुलाई एमाले कोशीका इन्चार्ज शेरधन राईले पार्टीमा स्वागत गर्नु भएको थियो ।