अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगलागी र तोडफोडविरूद्व सर्वोच्च अदालतले प्रहरीमा दियो जाहेरी

आगलागी र तोडफोडविरूद्व सर्वोच्च अदालतले प्रहरीमा दियो जाहेरी


काठमाडौं- सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँले गत भदौ २४ गते भएको आगजनीको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको छ।

अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी बुझाएको हो । जाहेरीमा आन्दोलनका क्रममा अदालतमा आगजनी गर्नेहरूको पहिचान गरी कारबाही गर्न माग गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतले भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरी प्रहरीमा जाहेरी दिएको छ। २०८२ भदौ २४ गतेको घटनामा सातवटा उच्च अदालतमा आगजनी तथा तोडफोड भएका थिए । सर्वोच्च अदालतको पत्राचार अनुसार ती अदालतले पनि विभिन्न विवरण संकलन गरी जाहेरी दिने तयारी गरिरहेको छ ।

यसअघि जिल्ला अदालत काठमाडौंले पनि प्रहरीमा जाहेरी दिइसकेको छ ।