अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निकोलस भुसाल गोरखाबाट पक्राउ

निकोलस भुसाल गोरखाबाट पक्राउ


काठमाडौं-फरार रहेका निकोलस भुसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई आज दिउँसो पक्राउ गरेको हो।

भुसाललाई आजै प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ। भुसालले सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएका थिए । प्रहरीले उनलाई निगरानीमा राखेको थियो।

भुसालमाथि सार्वजनिक कार्यक्रमै बम हान्ने जस्ता अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भड्काउने काम गरेको आरोप छ।

भुसाललाई पक्राउ गर्न काठमाडौंबाट डिएसपी अनिल घिमिरेसहितको टोली परिचालन गरिएको थियो।